नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु

मृत्यु हुनेको संख्या १ हजार ६६३

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।

नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २१७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।