नेपालमा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि

कुल कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६

काठमाडौँ, नेपालमा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९० जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार १६१स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ ।