कुवेतमा गैरकानूनी रुपमा बसेका आप्रवासी श्रमिकलाई आममाफी

दोहा, कुवेतमा गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूको लागि एक महिनाको आममाफी दिने घोषणा गरेको छ ।कुवेतले गैरकानूनी बसोबास गरेका प्रवासीहरूलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्ने अवसर प्रदान गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

पछिल्लो आममाफी जनवरी १, २०२० भन्दा पहिले गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूलाई लागू हुने जनाएको छ ।देशमा बसोबास गर्न चाहने अवैध समयावधिले डिसेम्बर १ देखि ३१ सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने जनाएको छ ।जरिवाना तिरेपछि उनीहरूलाई देश छोड्ने निश्चित अवधि दिइनेछ र कुवेत फर्कने अनुमति दिइनेछ ।

आफूलाई कानुनी बनाउन वा निर्धारित अवधिमा मुलुक नछोडे कानूनी उपायहरू अपनाउदै डिपोट गरिने र यसरी फिर्ता पठाइएकाहरुले पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार अझै पनि करिव १ लाख ५० हजार आप्रवासी गैरकानूनी रुपमा बसेको अनुमान गरिएको छ ।

केही महिना पहिलो पनि कुवेतले गैरकानूनी रुपमा बसेकाहरुलाई बिना जरिवाना नि: शुल्क हवाई टिकट उपलब्ध गराई ३० हजार जनालाई फिर्ता पठाएको थियो । जसमा ३ हजारको हाराहारीमा नेपाली पनि स्वदेश फर्किएका थिए ।अस्थायी बसेबास गरेका प्रवासीहरुको भिसाको म्याद नोभेम्बर ३० सम्म बढाइएको मन्त्रालयलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।उनीहरुलाई पनि रेसिडेन्सी प्राप्त गरेर देशमै बसोबास गर्न वा नोभेम्बर ३० भन्दा पहिले मुलुक छोड्न अनुरोध गरेको छ ।