मेरो देश

                                               
नीति र नियम पखालीए ।
बाचाहरु तोडिए ।
सिद्धान्तका किताब हराए ।
बिश्वासलाई जलाए पछि।

भाग खोज्नेहरु आए पछि ।
नाफा देख्ने व्यापारी बढे।
आफ्ना भित्र पराई जन्मिए ।
बहिर एउटा भित्र अर्कै भए ।
समर्थनका नारा बिरोध भएर पुगे ।
सकली भन्दा नकलीको भाउ बढे पछि।

प्रकृतिको बिनासमा लागे पछि ।
धर्मलाई लिलाम गरे ।
सबै आगै आगो भए ।
अलिकति बचेकाले प्रट्रोल हाल्ने ।
एउटा जल्दा अर्कोलाई शान्ति मिले पछि।

थितिमा बेथीति जन्मीए पछि ।
सत्तामा सर्बसत्ता आयो ।
समधान भित्र समस्या देखे ।
मान गरेर मर्यदा खोसे ।
आफ्नै मान्छेहरु लडाउन लागे पछि।

स्वतन्त्र संसारमा परतन्त्र आए पछि ।
ज्ञान भित्रका आज्ञानी भयो ।
सक्षमता सगै रहेको असक्षमता ।
युद्ध सग जोडिएको शान्तीमा ।
राजनीति भित्र लाज नीति भयो ।
नेताहरु सखाप बनाउन लागे पछि।