कमेडियन भारती सिंहको घरमा छापा

नयाँदिल्ली, भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीले छापा मारेको छ । ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो ।

एनसीबीले ड्रग्स प्रकरणमा धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ । यस विषयमा थप विवरणहरू भने सार्वजनिक गरिएको छैन । हाल सालै अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनीसँग सोधपुछ गरेको हो ।

भारती सिंहको भारतकी चर्चित हाँस्य कलाकार हुन। हाल उनी कपिल शर्मा शोको एक हिस्सा हुन् ।भारतीको घरमा छापाको खबरले उनका प्रशंसकहरूलाई निराश बनाएको छ । यद्यपि यस विषयमा थप विवरण आउन बाँकी छ ।