नेपालमा थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि

कुल संक्रमितको संख्या २ लाख ९ हजार ७६६

काठमाडौँ, नेपालमा थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४७७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७६६ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ७३ हजार ३४० जना स‌ंक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ । क्वारेन्टिनमा भने १०२१ जना रहेका छन् ।