विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ भन्दा बढि

एजेन्सी, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ लाख बढि रहेको बताइएको छ ।जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ ।

साथै यस संक्रमणबाट हालसम्म संक्रमित हुनेको संख्या पनि हालसम्म ५ करोड ३० लाख पुगेको सो विश्वविद्यालयको तथ्यांकमा जनाइएको छ । यो भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने व्यक्ति अमेरिकामा रहेका छन् । अमेरिकामा मात्र एक करोड १२ लाख संक्रमित भएको सो तथ्यांकमा जनाइएको छ । उक्त तथ्यांकमा अमेरिकामा मात्र २ लाख ५१ हजार जना व्यक्तिको मृत्यु भइसकेको छ ।

अमेरिकापछि सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको देश भारत हो ।भारतमा मात्र ८८ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । भारतमा यस संक्रमणबाट एक लाख २९ हजारको मृत्यु भइसकेको छ ।ब्राजिलमा भारतपछि धेरै संक्रमित पुगेका छन् । यहाँ करिब ५८ लाख संक्रमित भएका छन् भने यसमध्ये एक लाख ६५ हजारको मृत्यु भइसकेको छ । उता यूरोपेली मुलुकहरुमा फ्रान्स, रुस, स्पेन, बेलायतमा संक्रमित संख्या पछिल्लो समयमा बढेको जनाइएको छ ।