नेपालमा थप १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु

काठमाडौँ, नेपालमा थप १ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४६ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ हजार ५०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ७० हजार ६३२ जना स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २१५ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ । क्वारेन्टिनमा भने १०५७ जना रहेका छन् ।