सुर्खेतमा मानिसको भिडभाड निकै बढ्यो

सम्बन्धित निकाय मौन

सुर्खेत , कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा मानिसको भिडभाड निकै बढेको छ । कोरोना महामारीका कारण सुनसान बनेको विरेन्द्रनगरमा नेपालीहरुको महान पर्व नजिकिएसंगै भिडभाड बाक्लिएको हो ।दशैँ सकिए लगतै केहि दिन सुनसान बनेको विरेन्द्रनगरमा दिपावली नजिकिए संगै पुनः चहलपहल बाक्लिएको छ । बिरेन्द्रनगरको मंगलगढि चौक, विरेन्द्र चौक, एरिचौक, सनिहल लाइन, खोर्के लाइन लगायतका क्षेत्रमा चहलपहल निकै बढेको छ । वजारमा मानिसको चहलपहल भएसंगै व्यापार व्यबसाय पनि फस्टाएको छ । तिहारको बेला बिषेश गरी फुलमाला ब्यापारीहरुले निकै ब्यापार गरीरहेका छन । बिगत लामो समयको लकडाउनले किनमेल गर्न नपाएका स्थानियहरुले कोरोनालाई वास्ता नगरी धितमरुन्जेल किनमेल गरीरहेका छन । कारोनाको केहि प्रवाह नगरी यसरी भिडभाड बाक्लिनु न्यायोचित त हुदैन तर किनमेल नगरी पनि कसरी जिवनयापन गर्ने स्थानियहरुको भनाई रहेको छ । तिहारको बेला खेलिने देउसी भैलोलाई सरकारले निषेधित गरेपनि वजारमा देउसी भैलो भन्दा कम भिडभाड पक्कैपनि देखिएको थिएन । सुर्खेतको बसपार्कमा त झन मानिसको आवतजावतले खुट्टा राख्ने ठाउनै भेटिदैन । विरेन्द्रनगर नगपालिकाले गाडिमा माइक राखेर भिडभाड नगरौँ कोरोना देखि टाढा रहौँ भनिरहेको त छ तर हटाउने आट भने गरेको छैन । जे होस सम्बन्धित सरोकारवालाको ध्यान चाडो जाओस ।