सडक दुर्घटनामा एक जनाको मृत्यु

धनुषा, जनकपुर–ढल्केवर राजमार्गअन्तर्गत मुजेलियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–१९ का ४५ वर्षीय विजय शर्मा रहेको प्रहरीले जनाएको छ ।

धनुषाधामबाट जनकपुरतर्फ आइरहेको बा २० प ६८३१ नम्बरको कार तीव्रगतिका कारण अनियन्त्रित भई पुलबाट तल पानीमा खसेर आज बिहान दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जानकारी गराएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कार चालक शर्मालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीको भनाइ रहेको छ । शर्माको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।