ट्रम्पले हार स्विकार नगर्नू हास्यास्पदः जो बिडेन
एजेन्सी, नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बिडेनले डोनाल्ड ट्रम्पले हार स्विकार नगर्नू हास्यस्पद रहेको बताएका छन् । तर, उनले कसैले पनि शक्ति परिवर्तन रोक्न नसक्ने पनि बताएका छन ।
पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले मंगलबार जो बिडेनले सोधेका थिए, राष्ट्रपति ट्रम्पले पराजय स्वीकार नगर्ने बारेमा के सोच्नुभएको छ ? जवाफमा बिडेनले भने, साँच्चै, मलाई लाग्छ यो लाजमर्दो कुरा हो । उनको प्रतिक्रिया थियो । राष्ट्रपतिको शपथ ग्रहण गर्ने मितिलाई संकेत गर्दै उनले भने, यो सबै जनवरी २० मा बन्द हुनेछ ।
राष्ट्रपतिमा निर्वाचित भएसँगै बिडेनले सत्ता लिनको लागि तयारी सुरु गरिसकेका छन् र उनी विदेशी नेताहरूसँग फोनमा सम्पर्क गरिरहेका छन् ।यस बारे उनले भने, म उनीहरूलाई भनिरहेको छु कि अमेरिका फर्किएको छ। हामी खेलमा फर्कदैछौं। ट्रम्पले मत गणनामा धाँधली भएको भन्दै अहिलेसम्म हार स्विकार गरेका छैनन् ।

