टिपरले बसलाई ठक्कर दिंदा पाल्पामा आठ जना घाइते

पाल्पा, पाल्पामा टिपरले बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् । घाइते सबै बसका यात्रु हुन् । पाल्पा–बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपालिका ७ बाँसटारीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार दिउँसो पाल्पाबाट बुटवल जाँदै गरेको लु २ ख ३०६७ नम्बरको टिपरले बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ख ९९८२ बसलाई ठक्कर दिँदा बसमा सवार आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । टिपर चालकलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।