कस्मिरमा भाजपाका नेतासहित तीन जनाको हत्या

एजेन्सी,  दक्षिणी कस्मिरको कुलगाममा भारतीय जनता पार्टी (भाजपा)का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार हुसैन भाजपा युवा मोर्चाका महासचिव थिए । उनका दुई कार्यकर्ता उमर रासिद बेग र उमर रमजान हाजमको बिहीबार साँझ हत्या भएको हो ।

एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लानेबित्तिकै मृत्यु भएको कुलगाम प्रहरीले जनाएको छ। काजिगुन्ड बस्दै आएका हुसैनमाथि घर फर्कदै गर्दा कारमा हमला भएको प्रहरीले जनाएको छ । आक्रमणको जिम्मा लस्कर ए तैयबाको सहयोगी संगठन ‘द रजिस्टेन्स फ्रन्ट'(टीआरएफ) ले लिएको छ ।