कोरोना महामारीका बीचमा भारतको बिहारमा मतदान सुरू

काठमाडौं , भारतको विहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान सुरू भएको छ । कोरोना महामारीका बीचमा विहारमा मतदान सुरू भएको बीबीसीले जनाएको छ ।

२४३ सिट रहेको विहार विधानसभामा दुईवटा गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नीतिश कुमारको नेतृत्वमा रहेको एनडीए र तेजस्वीको नेतृत्वमा रहेको गठबन्धनबीच प्रतिष्पर्धा रहेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

पहिलो चरणमा प्रमुख नेताहरु चुनावी मैदानमा छन् ।