विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ३७ लाख नाघ्यो

काठमाडौं,  सन् २०१९ को डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । पछिल्लो चौबीस घण्टामा विश्वभर चार लाखभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् ।त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ लाख ६४ हजारभन्दा बढी पुगेको छ । पछिल्लो चौबीस घण्टामा विश्वभर पाँच हजारभन्दा बढी कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

विश्वमै सबैभन्दा बढी संक्रमित रहेको संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ८९ लाख ६१ हजारभन्दा बढी पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३१ हजारभन्दा बढी छ ।त्यसैगरी दोस्रो नम्बरमा रहेको भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७९ लाख ४५ हजारभन्दा बढी छ भने भने मृत्यु हुनेको संख्या एक लाख १९ हजारभन्दा बढी छ ।

तेस्रो नम्बरमा ब्राजिल छ । ब्राजिलमा कुल कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख ११ हजारभन्दा बढी छ । मृत्यु हुनेको संख्या भने ब्राजिलमा भारतकोभन्दा धेरै छ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट एक लाख ५७ हजारभन्दा बढीको मृत्यु भएको छ ।चौथो नम्बरमा रहेको रुसमा १५ लाख ३१ हजार कोरोना भाइरस संक्रमित हुँदा २६ हजारभन्दा बढीको मृत्यु भएको छ । फ्रान्समा ११ लाख ६५ हजार कोरोना संक्रमित छन् भने ३५ हजारभन्दा बढीको मृत्यु भएको छ । एजेन्सी