काठमाडौँ मेडिकल कलेजमा दशैँमा पनि कोरोना परीक्षण

काठमाडौँ,काठमाडौं मेडिकल कलेजले दशैं विदामा पनि कोरोना परीक्षण जारी राखेको छ । दशैँ सुरू भएसँगै अधिकांश पीसीआर परीक्षण ल्याबहरु शुक्रबारबाट नै बन्द भए पनि सिनामंगलस्थित केएमसीले भने दशैंको विदामा पनि कोरोना परीक्षण जारी राखेको हो ।

कोरोनाको महामारीका बेला पीसीआर परीक्षण रोकिँदा सर्वसाधरणलाई समस्या हुँने भएकाले दशैं विदामा पनि २४ सैं घण्टा पीसीआर ल्याब खुल्ला गर्ने व्यवस्था मिलाईएको काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा.सुनिल शर्माले बताए ।

केएमसीको सिनामंगल र दुवाकोटका दुबै अस्पतालबाट स्वाब संकलन गरेर १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गर्दै आएको छ । गत असार १४ गतेबाट पीसीआर परीक्षण थालेको केएमसीले हालसम्म ३५ हजार भन्दा बढी स्वाब परीक्षण गरिसकेको छ ।