नेपालमा कोरोनाबाट हाल सम्म निको हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ३ हजार २१५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख २ हजार ८२० संख्या पुगेको छ ।
बिहीबार २४ घण्टामा जनामा संक्रमण ३ हजार ६३७ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ५० हजार १५२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन् ।