रानीपोखरीको आफ्नै ऐतिहासिक र साँस्कृतिक महत्व छ– राष्ट्रपति

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको किनारमा उभिएर गरेको अठोट पूरा भएकोमा खुसी लागेको बताएकी छन्। रानीपोखरी र दरबार हाइस्कुल पुनिनिर्माण सकिएकोमा उनले खुसी व्यक्त गरेकी हुन्।

उनले भूकम्पमा क्षति भएका अन्य संरचनाको पनि पुनर्निर्माण सकिने बताइन्। ‘क्षतविक्षत भएका सांस्कृतिक सम्पदालाई बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्छौं,’ उनले भनिन्। १२ वैशाख २०७२ मा गएको भूकम्प र त्यसपछिको परकम्पका कारण रानीपोखरी क्षतिग्रस्त बनेको थियो। राष्ट्रपति भण्डारीले २ माघ २०७२ मा रानीपोखरी शिलान्यास गरेकी थिइन्।

परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी गरिएको पुनर्निर्माणले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ।  हाम्रो अठोट थियो, भूकम्पबाट क्षति पुगेका सबै प्रकारका संरचना अझै बलियो र राम्रो गर्ने छौंभन्ने,’ उनले भनिन्, ‘आज रानीपोखरी र दरबार हाइस्कुलको पुनर्निर्माणले त्यो देखाएको छ।’ पुननिर्माणमा सरकारले लिएको नीति योजना, कार्ययोजना बाह्य जगतका लागि पनि सिकाइ हुने उनले दाबी गरिन्।