देशभर ८७ संक्रमित भेन्टिलेटरमा, २६९ को आइसियुमा उपचार हुँदै

काठमाडौं,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र २६९ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५२ जना आइसियु र ५९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४७ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३१ जना आइसियु र १६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ३ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन्।