कोरोनाबाट थप २६ जनाको मृत्यु
प्रकासित मिति : २०७७ कार्तिक ५, बुधबार १६:४२
प्रकासित समय : १६:४२
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २६ जनाको मृत्यु भएको हो ।
मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो । सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो । आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । शनिबार कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो । हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।