भैरहवाको एभरेष्ट आयल सप्लायर्समा आगलागी

बुटवल, रुपन्देहीको भैरहवामा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको सो सप्लायर्समा इन्धन बोकेर आएको ट्याङ्करबाट ट्याङ्कीमा तेल खन्याउने क्रममा आगलागी भएको हो ।आगलागीका कारण लु २ ख १५४१ नम्बरको ट्याङ्कर पूूर्णरुपमा नष्ट भएको छ भने २० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जनाएको छ ।

त्यसैगरी आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हातखुट्टा पोलेर सामान्य घाइते भएको रुपन्देही प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।

आगो सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट आएका दमकलले निभाएका छन् ।