उपत्यकामा थप १ हजार ४०३ जनामा कोरोना संक्रमण

काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनामा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार मात्र उपत्यकामा २ हजार १२९ जनामा कोरोना पुष्टि भएको थियो ।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८० हजार ९५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १७४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।