नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

ज्यान गुमाउनेको संख्या ६७५

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ । नेपालमा थप २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ६३८ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८० हजार ९५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १७४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।