नेपालगन्जकी उपमेयर थापामगरलाई कोरोना संक्रमण

बाँके, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उपमेयर थापामगरले जानकारी गराएकी छन ।

‘२०–२५ दिन पहिलेदेखि रुघाखोकी लाग्ने र घाँटी दुखिरहेको थियो, बिचमा २ पटक जाँच गराएँ नतिजा नेगेटिभ आएको थियो’ उहाँले भन्नुभयो, तर रुघाखोकी निको नभएपछि डाक्टरको सल्लाह अनुसार आईतबार पुनः स्वाब दिएको र आज मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको छ । उपमेयर थापामगरले आफू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै होम आइसोलेसन मै बसेको बताउनुभयो ।

उपमेयर थापामगर बाँकेमा शुरु देखि नै भारतबाट नेपाल भित्रिएका नागरिकको व्यवस्थापनका साथै कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रभागमा खटिएर काम गर्दै आउनुभएको थियो ।