नेपालमा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि

कुल संक्रमितको संख्या एक लाख ११ हजार ८०२

काठमाडौँ, नेपालमा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ४७ जनामा संक्रमण देखिएको हो ।

योसँगै कुल संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७७ हजार २७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४७३ जना उपचारपछि डिस्चार्ज भएका छन् । हाल नेपालमा ३३ हजार ८८० संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार ९२३ छ भने होम आइशोलेसनमा १९ हजार ९५७ जना छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १४ हजार ५३० जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ८३१ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।