विद्यार्थीहरूमा कोरोना देखिएपछि शंकर मावि शिल

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको शंकर माध्यमिक विद्यालय शिल गरिएको छ ।

राप्ती गाउँपालिकाको निर्देशनमा सिकाई सहजीकरण हुँदै आएकोमा समुदाय स्तरमा पनि कोरोना भाइरस ९ कोभिड१९० को संक्रमण तिव्र गतिमा फैलिरहेकाले विद्यालयका केहि विद्यार्थीहरूमा पनि त्यसको मिल्दोजुल्दो लक्षण देखा परेकाले र शिक्षकको सम्पर्कमा आएका व्यक्तिहरूमा समेत कोरोना पोजेटिभ देखिएकोले असोज २६ गते सोमबार देखि असोज ३० गते शुक्रबार सम्म ५ दिनका लागि विद्यालय शिल गर्नु परेको विद्यालयका प्रअ सुवर्णमान चौधरीले जानकारी दिएका छन् ।

कोरोना पोजेटिभ देखाएका व्यक्तिको सम्पर्कमा रहेका शिक्षकको पिसिआर रिपोर्ट नआएकाले सो समय अवधीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरूको समन्वयमा सञ्चालन हुँदै आएको शिक्षण सिकाई सहजीकरण तत्कालका लागि बन्द गरिएको र कक्षा ११ को परिक्षा तथा अत्यावश्यक प्रशासनिक कार्य भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्ने निर्णय भएको विद्यालयका प्रअ चौधरीले जानकारी दिएका छन् ।