नेकपा संसदीय दलकी सचेतक चौधरीलाई आईसीयूमा भर्ना
प्रकासित मिति : २०७७ आश्विन २४, शनिबार १०:५०
प्रकासित समय : १०:५०
काठमाडौं, कोरोनाभाइरस संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा भर्ना गरिएको छ ।
अस्पतालमा भर्ना भएको चौथो दिनमा पनि स्वास्थ्यमा केहि सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयूमा सिफ्ट गरिएको चौधरीका स्वकीय सचिव सन्तोष दहितले बताएका छन । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ ।
चौधरीमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो। शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनले २०७० सालमा स्तन क्यानसरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् ।

