नेपालमा थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि

कुल संक्रमितको संख्या ९० हजार ८१४

काठमाडौँ, नेपालमा थप १ हजार ५५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५५१ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८१४पुगेको छ ।संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६७ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २३४० जना उपचारपछि डिस्चार्ज भएका छन् । ७४।३ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा २२ हजार ७०९ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार ११८ जना रहेका छन् । होम आइशोलेसनमा रहनेको संख्या ११ हजार ५५१ छ । अहिले क्वारेन्टाइनमा ४ हजार २२१ रहेका छन् । आज ११ हजार ४७ जनाको पिसिआर परिक्षण गरिएको छ ।