नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना पुष्टि

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट आज पोजिटिभ आएको उनले जानकारी दिइन्।
सांसद चौधरीले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना पुष्टि भएको जानकारी दिइएकी हुन् ।

साथै सांसद चौधरीले आफ्नो सम्पर्कमा रहेकाहरुलाई पिसिआर टेष्ट गर्न अनुरोध गर्दै सावधानी अपनाउन पनि आग्रह गरेकी छिन्। यसैबीच उनका सुभचिन्तकले कोरोना पोजेटिभ देखिएपछि स्वस्थ्य लाभको कामना गरेका छन् । सोमवार पिसिआर परिक्षण गरेकी सांसद चौधरीको मंगलबार रिपोर्ट पाजेटिभ आएको हो ।

हाल उनी होम आइसोलेसनमा बसेकी छन् ।त्यस्तै, उनले आफ्नो सम्पर्कमा आएका अन्यलाई समेत सचेत रहन आग्रह गरेकी छन् ।