डा केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीद्धारा प्रदर्शन

काठमाडौँ, आमरण अनसनमा रहेका डा गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत् डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् ।

आइतबार चिकित्सकहरूले अस्पताल परिसरमै प्रदर्शन गरेका हुन् । चिकित्सकहरूले हातमा कालोपट्टी बाँधी ुगोविन्द केसीको माग पुरा गर जस्ता नारा लेखिएका प्लेकार्ड लिएर शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै जुम्लाबाट १९औं सत्याग्रह सुरु गरेका डा। केसी हाल त्रिवि शिक्षण अस्पतालमै सत्याग्रह जारी राखेका छन् । डा। केसीको स्वास्थ्य थप समस्या आएपछि अक्सिजन दिन थालिएको बताइएको छ ।