कांग्रेसका नेता केसीसहित ६ जना नेतामा कोरोना पुष्टि

काठमाडौं, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना संक्रमण पुष्टि भएको छ। केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना संक्रमण देखिएको हो।

आगामी असोज १९ गते बस्‍न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको परीक्षणबाट उनीहरुमा कोरोना देखिएको हो। कांग्रेसले केन्द्रीय सदस्यहरुसहित केन्द्रीय कार्यालयका कर्मचारी र नेताहरुका सुरक्षागार्डसहित २ सय ४१ जनाको स्वाब संकलन गरेको थियो।

शुक्रबार संकलन गरिएको स्वाबको शनिबार रिपोर्ट आउँदा उनीहरुमा संक्रमण पाइएको हो। संक्रमित चारजनाबाहेक अन्यको विवरण खुलेको छैन। बाँकी सबै नेताहरु, कर्मचारी र सुरक्षाकर्मीको रिपोर्ट नेगेटिभ आएको छ।