प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहाकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ ।शुक्रबार स्वाब दिएका उनीहरुको शनिबार रिपोर्ट पोजेटिभ आएको हो । उनीहरूले आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि कोरोना परिक्षण गर्न आग्रह गरेका छन् ।