सांसद चौधरीद्धारा औषधि वितरण

दाङ, देउखुरी क्षेत्र नं १ अन्तर्गत प्रतिनिधी सभाका सांसद मेटमणि चौधरीले अपा०गता भएका,असाहाय र सिमान्तकृत नागरिकहरुलाई औषधी वितरणको काम सुर गरेको बताउनु भएको छ ।

आफूले सरकारबाट पाउने सेवा सुविधाको केहि रकम यस्ता नागरिकहरुलाई स्वास्थ्यमा लगानी गर्न थालेको सासदको सचिवालयले जनाएको छ । यसैविच विहिवार सांसद सचिवालयको टोलि मिना गुरुङ,गौरबसिंह महरा,याकुव मोहम्मद र स्थानीय पार्टी नेता अतिउल्ला मनिहार सहितको टोलिले गढवा ४ गोबिन्दनगर निवासी अपांगता हुनु भएकी तारा केसिलाई घरमै पुगेर औषधि प्रदान गरेको सचिवालयका मिना गुरुङले जानकारी दिनुभयो ।

यसैगरी आफ्नो निर्वाचन क्षेत्रभित्रका अन्य बिपन्न सिमान्तकृत तथा अपांगता भएका तथा जेष्ठ नागरिकहरुलाई औषधि वितरण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।