कर्णाली प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि

सुर्खेत, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमन पुष्टि भएको छ ।

प्रदेश प्रमुखको सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्ती अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड १९ को लक्षण देखिएकोमा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भए पश्चात कन्ट्याक्ट ट्रेसिङ अनुरुप पि सि आर परीक्षण गर्दा प्रदेश प्रमुखलाई पनि कोरोना संक्रमन पुष्टि भएको हो ।

हाल प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको र उनि होम आइसोलेसनमा बसेको सचिवालयले जानकारी गराएको छ ।