कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

सुर्खेत, कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। सुर्खेतमा मंगलबार मृत्यु भएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि मत्यु हुनेको संख्या ७ पगेको हो ।

भेरीगंगा नगरपालिका वडा नं २ की ३५ वर्षिया ती महिला असोज १३ गते वीरेन्द्रनगर–११ पीपीरास्थति कोठामा मृत भेटिएकी थिइन्। मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो।

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेमा सुर्खेतका तिन , दैलेखका तीन र डोल्पाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।