गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित

संक्रमितको संख्या ३ हजार ९ सय २१

पोखरा, गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित भएका छन । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय २१ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा दुई जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा नवलपरासी बर्दघाट सूस्ता पूर्वका ५ जना, बाग्लुङका ६ जना रहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।संक्रमितहरुमध्ये बाग्लुङ निसिखोलाका तिनैजना भारतबाट र गल्कोट(४ का २७ बर्षीय पुरुष रौतहटबाट आएका हुन् ।

यस्तै, नवलपरासी देबचुली(२ का ४३ बर्षीय पुरुष सोहि वार्ड कार्यालयमा कार्यरत हुन् भने अन्य सबैजना कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएको हो ।