कोहलपुरका ६ सहित २६ जनामा कोरोना संक्रमण

संक्रमितको सँख्या १९१३ पुग्यो

नेपालगन्ज, बाँके जिल्लामा बुधबार मात्रै कोहलपुर नगरपालिकाका ६ जना सहित २६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्ज, मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र वागेश्वरी डाग्नोष्टिक सेन्टरको ल्याबमा गरीएको परिक्षणमा नेपालगन्जका १९, कोहलपुरका ६ र बैजनाथका १ जनामा कोरोना भाईरसको संक्रमण देखिएको हो ।बाँकेका कोरोना फोकल पर्शन डा नरेश श्रेष्टले दिएको जानकारी अनुसार १४ महिला र १२ पुरुष गरी जिल्ला भित्रका २६ जना र जिल्ला बाहीरका ३ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

आज २६ संक्रमित थपिएसँगै बाँकेमा कोरोना भाईरसका कुल संक्रमितको सँख्या १९१३ पुगेको छ ।