बाँकेमा थप ११ जनामा कोरोना संक्रमण

संक्रमितको संख्या १८७१ पुग्यो

नेपालगन्ज, बाँके जिल्लमा पछिल्लो समय थप ११ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ ।मंगलबार भेरी अस्पतालामा गरिएको पिसिआर परिक्षणका क्रममा ११ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन डा। नरेश श्रेष्टले दिएको जनाकारी अनुसार ७ महिला र ४ पुरुषमा कोरोना संक्रमित थपिएक छन् । यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १८७१ पुगेको छ । भने १५०७ जना निको भएर घर फर्किसकेका छन् ।

साथै आइसोलेसनमा ३४९ जना बिरामिलाई राखिएको छ । भने हाल सम्म १५ जनाको मृत्यु भैसकेको छ ।