११७२ कोरोना संक्रमित थपिए, १८९३ डिस्चार्ज

काठमाडौं , देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १७२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७२ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ८९३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४९ हजार ९५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार २२८ जना र होम आइसोलेसनमा ९ हजार १८६ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १०४ जना क्‍वारेन्टिनमा रहेका छन् ।देशभर जनाको ४३ भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।