हुम्लामा पाँच स्वास्थ्यकर्मी क्वारेन्टिनमा

हुम्ला , स्वास्थ्य सेवा केन्द्रका पाँच जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएपछि चित्त मेडिकल क्वारेन्टिनमा बसेका छन् ।

सोमबार कोरोना पोजेटिभ देखिएकाले उनीहरु सो मेडिकलमा बस्न थालेको केन्द्रका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

कोरोना सङ्क्रमित भएकामा चिकित्सक, अहेव, नर्स, स्वास्थ्य स्वयंसेविकासमेत रहेको जनाइएको छ ।