वडा अध्यक्षमा कोरोना देखिएपछि ५ नम्बर वडा कार्यालय र नगरपालिका

७ दिन सम्म शिल

 देउखुरी , लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षमा कोरोना पुष्टि भएपछि वडा कार्यालय र लमही नगरपालिका ७ दिन सम्मका लागि सिल गरिएको छ ।

वडाध्यक्षनै संक्रमित भएपछी नगरपालिका र वडा कार्यालय ७ दिनका लागि सिल गर्नु परेको लमही नगरपालिकाले जानकारी दिएको छ । नगर प्रमुख कुलबहादुर केसीका अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै नगरपालिका स्तरिय कर्मचारीको आन्तरिक काम हुने तर सेवाग्राही प्रबेशमा रोक लगाइएको बताए ।

असोज १२ गते ७ दिनका लागि सम्बन्धित वडा कार्यालय सहित नगरपालिका बन्द गरिएको नगरप्रमुख केसीले बताएका छन् ।