काठमाडौं उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित

काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा १७३ महिला र ३३८ पुरुष, भक्तपुरमा २२ महिला र ४१ पुरुष, ललितपुरमा २७ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।