कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्‍यो

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।