गणेशमान सिंहको २३ औँ स्मृती दिवसका अवसरमा मञ्चद्धारा निलसागरमा खाद्यन्न सहयोग

भालुवाङ, गणेशमान सिंहको २३ औँ स्मृती दिवसका अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्च राप्ती गाउँपालिको निलसागर सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको छ ।

शुक्रवार मञ्चका अध्यक्ष आशिष पौडेलको अगुवाईमा गएको टोलीले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा अवस्थित आश्रममा रहेका बुवाआमा तथा बेसाहाराहरुलाई केहि राहत होस भन्नका लागि १ क्वइन्टल चामल, ५ केजी दाल, ५ लिटर खाने तेल, ५ केजी सोयाविन, १२ पिस साबुन र १०० थान मास्क प्रदान गरेको छ । विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र केहि समय अघिको लकडाउनले आश्रमलाई समस्या बनाएको भन्दै दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऐतिहासिक महाअभियानमा सेवाश्रमका लागि मञ्चले खाद्यन्न सहयोग गरेको हो ।

आश्रममा खाद्यन्न सहयोग गरेकोमा आश्रममा अध्यक्ष प्रकाश विष्टले धन्यवाद दिनुका साथै आगामी दिनमा पनि सहयोगका लागि अनुरोध समेत गरेका छन्।सो अवसरमा क्षेत्र नम्बर १ का सदस्यहरु सुरेश घिमिरे, शिशिर पुन, गणेशमान चौधरी, कार्यसमितिका सचिव बालाराम कुमाल र सदस्यहरु हरिहर ज्ञवाली, दिपक सुवेदी, चन्द्रमणी ज्ञवाली, दानबहादुर चौधरी, धर्मप्रसाद उप्रेती,पवन चौधरी लगायतको सहभागिता रहेको मञ्चका प्रवक्ता बलराम शाही ९भिसुन०ले जानकारी दिएका छन् ।