सरकारले राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट छाप्न अनुमति

काठमाडौं, सरकारले राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट छाप्न अनुमति दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त नोटमा नेपालको नक्सा राख्नुपर्ने बताएका छन।

बजारमा एक र दुईको नोट नभएर ब्यापारी तथा सर्वसाधारणलाई निकै अप्ठ्यारो महसुस भइरहेको छ ।