यसैबर्ष ११ करोड बढिको कारोवार गर्ने गढवाको आयाम बहुउद्देश्यीय सहकारीको लक्ष्य

देउखुरी, गढवाको आयाम बहुउद्देश्यीय सहकारी संस्थाले गढवा गाउँपालिका भर आफ्नो कार्यक्षत्र बिस्तार गर्ने भएको छ ।
गढवा गाउँपालिकाको सहकारी शाखा सँग सहकार्य गरी आफ्नो थप कार्यक्षेत्र बिस्तार गर्ने निर्णय गरेकाे हो । सँस्थाको शनिबार सम्पन्न छैठौं साधारण सभाले यस्तो निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालको अध्यक्षता एवम् लमही जेसिसका पूर्व अध्यक्ष बसन्तकुमार भण्डारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष कालिप्रसाद चाैधरीले ८ कराेड ७० लाख बराबरकाे आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै चालू आर्थिक बर्षमा ११ कराेड बढिकाे काराेवार गर्ने लक्ष्य लिएको बताए ।

त्यस्तै कार्यक्रममा सचिव श्यामबहादुर चाैधरीले बार्षिक प्रतिवेदन तथा व्यवस्थापक सीता नेपालिले आर्थिक बर्ष २०७७/०७८ काे प्रस्तावित बजेट प्रस्तुत गरेका थिए । सामाजिक दुरी तथा स्वास्थ्य साबधानि अपनायर गरिएकाे साधारणसभामा संस्थाका लेखा समिति संयाेजक ईश्वरप्रसाद चाैधरी, धनपति साकाेस घाेराहीकि व्यवस्थापक आरती नेपाली, ऋण समितीका उप संयाेजक मुलचन्द चाैधरी लगायतले बाेलेका थिए ।

९ सय ७ जना शेयर सदस्य रहेकाे संस्थामा यसवर्ष १४ सय ५० शेयर सदस्य पुर्याउने लक्ष्यका साथ काम अघि बढाईएकाे संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालले जानकारी दिए । संस्थालाई देउखुरीकै नमुना सहकारीको रूपमा विकाश गर्न आफु लागि परेकाे संस्थाका अध्यक्ष बस्यालको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले छोटाे समयमै उपलब्धिहरू हांसिल गर्न संस्थाले महत्त्वपूर्ण काम गरेकाे बताउदै, सेवामुखी भएर काम गर्ने तथा आफ्ना सदस्य प्रति सधै जिम्मेवार भएर अघि बढ्नेमा विस्वस्त रहेकाे बताए । यसै आर्थिक बर्षमा प्रक्रिया शुरू गरि कालाँकाटेमा शाखा संचालन गर्ने, जग्गा खरिद गर्ने, ३ वर्षकाे समय भित्र आफ्नै सुबिधा सम्पन्न भवन बनाउने लगायतका सँस्थाले लक्ष लिएको छ । संस्थाका उपाध्यक्ष पुष्पराज घिमिरेकाे स्वागत मन्तव्य बाट शुरू भएकाे कार्यक्रमकाे संचालन रेमिट प्रमुख किरण सुनारले गरेकी थिईन ।