नदीजन्य वस्तु ओसार पसारमा संलग्न सवारी साधन नियन्त्रणमा

भालुवाङ, दाङ देउखुरीको गोवरडिहा खोलाबाट नियम विपरित नदीजन्य वस्तु उत्खनन् गरिरहेको अवस्थामा एक ओटा स्क्याभेटर र दुई ओटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो प्रहरीले रा २ क ५६७१ र रा २ क ५६६८ नम्बरको टिप्पर तथा बा २ क २९९५ नम्बरको स्काभेटरलाई नियन्त्रणमा लिइएको हो । नियम विपरीत नदीजन्य वस्तु उत्खनन् गर्ने सवारी साधनलाई कारबाहीको लागी गोवरडिहा प्रहरी चौकीमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।