सिन्धुपाल्चोक पहिरो अपडेट ; मृतक ९ जनाको सनाखत (नामवली सहित)

२३ बेपत्ताको खोजी जारी

सिन्धुपाल्चोक,  सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको घुम्थाङमा गएको पहिरोमा परी मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको छ 

पहिरोमा पर्नेहरुमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, १० वर्षीया ट्याक्सी शेर्पा, ६५ वर्षीया धनलाल नेवार, २४ वर्षीया शुकलाल विक, २३ वर्षीया जुनु विक, ८ वर्षीया सन्देश विक,४२ वर्षीया ज्ञानीमाया प्रधान, ६० वर्षीया सर्किनी नेवार र ६० वर्षीया हिरामाया नेवारकोे शव भेटिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर २२ जना अझै बेपत्ता रहेका छन् ।

अहिले पनि घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन् । पहिरोमा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा प्रहरीले जनाएको छ ।

पहिरोमा परी २२ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको र १८० घरधुरी जोखिममा रहेको बताइएको छ ।