दाङमा भोलिबाट विहान ६ देखि बेलुका ७ बजे सम्म बजार खुल्ने

सार्वजनिक गाडी पनि चल्न पाउने

दाङ, भोलीबाट बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् । बिहान ६ बजे देखि साँझ ७ बजे सम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने र सार्वजनिक यातायातका सवारी साधनहरु पनि जोर बिजोरका आधारमा संचालनमा आउने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा घोराहीमा बसेको सुरक्षा समितिको बैठकले लकडाउनलाई खुकुलो बनाउदै लैजाने निर्णय गरेको हो । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरीका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।