काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ भाद्र २४, बुधबार १६:४१
प्रकासित समय : १६:४१
काठमाडौँ, काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंका ३९४ जना, ललितपुरका ३४ जना र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र उपत्यकामा ३९६ जनामा संक्रमण देखिएको थियो ।नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ। ९१८ जना संक्रमण मुक्त भएका छन् ।

